संसद विघटनको प्रस्ताव लिएर ओली राष्ट्पति भेट्न शीतलनिवास पुगे

Headlines समाचार

५ पुस, काठमाडौं । प्रधानमन्त्री ओली शीतल निवास पुगेका छन् । मनित्रपरिषद बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर ओली राष्ट्पति भेट्न शीतलनिवास पुगेका हुन् ।

ओलीले संसद विघटन गर्दैछन् भन्ने थाहा पाएपछि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । तर ओलीले अध्यक्ष प्रचण्डलाई भेट दिएनन् । त्यसपछि प्रचण्ड खुमलटार फर्किएका छन् । विकसित घटनाक्रमबारे खुमलटारमा अध्यक्ष प्रचण्डसहितका नेताहरुको केहीबेरमा छलफल हुनेछ । अहिले खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल र प्रचण्डबीच छलफल भइरहेको छ ।