वाणिज्य बैंकको लाभांशमा भारी गिरावट

अर्थ समाचार

४ पुस, काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीको प्रत्यक्ष असर वाणिज्य बैंकमा पर्दा गत वर्षको तुलनामा लाभांश खुम्चिएको छ । यसबाट अन्य क्षेत्रभन्दा बैंकको सेयरमा नाफा हुने भन्दै लाभांशको लोभमा दोस्रो बजारमा सेयर खरिद गर्नेहरूमा निराशा छाएको छ ।

वाणिज्य बैंकहरूले प्रदान गर्ने लाभांश गत वर्षभन्दा निकै कम भएपछि नाफा बढी हुने र लाभांश पनि बढी पाइने आशा गरेका सेयर खरिदकर्तामा निराशा छाएको हो ।

आर्थिक वर्ष २०७६-७७ को मुनाफाबाट लाभांश घोषणा गर्ने २० वटा बैंकको लाभांश गत वर्षभन्दा कम भएको छ । अहिलेसम्म घोषित लाभांशमध्ये एनआइसी एसिया र हिमालयनले सबैभन्दा बढी अर्थात् २० प्रतिशत लाभांश घोषणा गरेका छन् । यी बैंकले गत वर्ष क्रमशः २१ दशमलव ५ र २२ प्रतिशत लाभांश दिएका थिए ।

– यसरी दिँदै छन् बैंकले लाभांश

आर्थिक वर्ष २०७६-७७ को लाभांश घोषणा गरेकामध्ये सेन्चुरी कमर्सियल बैंकले सबैभन्दा कम ७.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसले गत वर्ष ६.७५ प्रतिशत लाभांश दिएको थियो । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत वाणिज्य बैंकमध्ये ६ बैंकले लाभांश घोषणा गर्न बाँकी छ ।

बैंकहरूले पुस मसान्तसम्म वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने र २१ दिनपूर्व नै वार्षिक साधारण सभासम्बन्धी जानकारी दिइसक्नुपर्ने प्रावधान रहेको छ । लाभांश घोषणा गर्न बाँकी बैंकहरूमा नबिल, एनएमबी, प्राइम कमर्सियल, नेपाल इन्भेस्टमेन्ट, नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) र सिभिल बैंक रहेका छन् ।

गत वर्ष यी बैंकहरूले क्रमशः ३४, ३५, १६, १५ र १९ प्रतिशत लाभांश दिएका थिए । यस वर्ष यी बैंकहरूले पनि सोभन्दा कम लाभांश दिनेछन् । गत वर्ष एनएमबीले सबैभन्दा बढी लाभांश दिएको थियो ।

गत वर्ष १७ प्रतिशत लाभांश दिएको बैंक अफ काठमान्डुुले यस वर्ष ३ प्रतिशत नगद र १३ प्रतिशत बोनस सेयर गरी १६ प्रतिशत लाभांश दिने भएको छ ।

यसैगरी गत वर्ष २५ दशमलव ५ प्रतिशत लाभांश वितरण गरेको ग्लोबल आईएमई बैंक आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट १६ प्रतिशत मात्र लाभांश दिन सकिने अवस्थामा पुुगेको छ । यो बैंकले २ प्रतिशत नगद र १४ प्रतिशत बोनस सेयर दिने भएको छ ।

२० वटा बैंकले आर्थिक वर्ष २०७६-७७ को मुनाफाबाट गत वर्षभन्दा कम लाभांश दिने घोषणा गरेका छन् ।

यसैगरी गत वर्ष ६ प्रतिशत बोनस र २४ प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश दिएको कृषि विकास बैंक यसपालि १५ दशमलव ७९ प्रतिशतमा खुम्चिएको छ । यो बैंकले नगद शून्य दशमलव ७९ प्रतिशत र बोनस १५ प्रतिशत वितरण गर्ने घोषणा गरिसकेको छ । गत वर्ष २५ दशमलव २६ प्रतिशत लाभांश दिएको सिद्धार्थ बैंक पनि १५ प्रतिशतमा सीमित भएको छ । यो बैंकले ३ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयर लाभांशका रूपमा दिनेछ ।

गत वर्ष १० दशमलव ५६ प्रतिशत लाभांश दिएको कुमारी बैंक भने यस वर्ष चम्किएको छ । यसले आर्थिक वर्ष २०७६÷७७ को लाभांशबाट १४ प्रतिशत लाभांश दिने भएको छ । गत वर्ष २१ दशमलव शून्य पाँच दशमलव लाभांश दिन सफल सानिमा बैंक यस वर्ष १३ दशमलव ६ प्रतिशत मात्र लाभांश दिन सक्ने हैसियतमा पुुगेको छ ।

त्यस्तै, गत वर्ष २२ दशमलव ५० प्रतिशत लाभांश दिएको स्ट्यान्डर्ड चार्टर्ड बैंक यस वर्ष त्यसको आधा मात्र लाभांश दिन सक्ने स्थितिमा पुगेको छ । गत वर्ष १५ प्रतिशत लाभांश दिएको लक्ष्मी बैंक यसपालि ११ दशमलव ५ प्रतिशतमा खुुम्चेको छ ।

गत वर्ष १५ प्रतिशत लाभांश बाँडेको सिटिजन्स बंैक इन्टरनेसनल यसपालि ३ प्रतिशत नगद र ८ प्रतिशत बोनस गरी ११ प्रतिशतमा सीमित भएको छ । गत वर्ष १ प्रतिशत पनि लाभांश नदिएको प्रभुले भने यसपालि १० दशमलव ५३ प्रतिशत लाभांश पुु-याएको छ ।

त्यस्तै गत वर्षको तुलनामा यस वर्ष सबैभन्दा कम लाभांश दिनेमा एभरेस्ट बैंक परेको छ । गत वर्ष २५ प्रतिशत लाभांश दिने एभरेस्ट यसपालि १० दशमलव ५३ मा खुुम्चेको छ । यसैगरी माछापुुच्छ्रे« बंैकले पनि यसपालि १० दशमलव ४ प्रतिशत मात्र लभांश दिने भएको छ । यसले गत वर्ष १६ प्रतिशत लाभांश बाँडेको थियो ।

मेगा बंैकले भने गत वर्षको तुलनामा लाभांश बढाएको छ । गत वर्ष ११ दशमलव ७५ प्रतिशत लाभांश दिएको मेगाले यस वर्ष १३ प्रतिशत लाभांश दिनेछ । यसले १० प्रतिशत बोनस र बाँकी नगद लाभांश दिन लागेको हो । नेपाल बैंक पनि २५ प्रतिशत लाभांशबाट यस वर्ष १६ प्र्रतिशतमा झरेको छ । नेपाल एसबीआईले ९ दशमलव ४७, एनबीले ८ दशमलव ४२ र सनराइजले ८ दशमलव २८ प्रतिशत लाभांश दिने घोषणा गरिसकेका छन् ।