मन्त्रिपरिषद बैठक एक घण्टा पछि सर्यो

Headlines राजनीति समाचार

३ मंसिर, काठमाडौं । आज दिउँसो एक बजे बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टा स्थगित गरिएको छ । सचिवालय बैठक बस्ने समय नै पारेर मन्त्रिपरिषद् बैठक बोलाइएको थियो ।

तर, केही समय अगाडि मन्त्रीहरुलाई बैठक एक घण्टा सरेको जानकारी गराइएको छ । शुक्रबार शुरु भएको सचिवालय बैठकले आज एक बजे बैठक बस्ने समय तय गरेको थियो । त्यही समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।