पछिल्लो २४ घण्टामा थप ११९७ जनामा कोरोना संक्रमण पुष्टि

Headlines समाचार

१ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको छ । उनीहरुमध्ये १२३० जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९४३ जना संक्रमणमुक्त भएका हुन् ।