प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा

Top Post समाचार

२९ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतलनिवास गएका छन् ।

शनिबार साँझ ५ बजे ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका हुन् । ओलीसहित उनीपक्षीय अरु केही नेताहरु समेत शीतल
निवास पुगेको बुझिएको छ ।

पार्टीमा खटपट र विवाद हुनेवित्तिकै ओली शीतल निवास जाने गर्दै आएका छन् । राष्ट्पति विद्यादेवी भण्डारीले समेत नेकपामा खटपट आउने वित्तिकै चासो लिएर नेताहरुलाई निवासमा बोलाउने र सम्झाउने गर्दै आएकी छन् ।

राष्ट्रपतिको यो भूमिकाप्रति चर्को विरोध समेत हुने गरेको छ । नेकपामा बैठक नै राख्न नमान्ने केपी ओली र बैठकको माग गर्ने नेताहरुबीच केही समय चर्को विवाद देखिएको थियो ।

त्यसपछि ओली कार्तिक २८ गते शुक्रबार सचिवालय बैठक बोलाउन सहमत भएका थिए । सो दिन बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका ५ नेताले पेश गरेको प्रस्ताव फिर्ता गर्न ओली पक्षीय नेताहरु दवाव दिइरहेका छन् ।