गोरखाका संचारकर्मी श्रेष्ठ दम्पती लाई कोरोना पुष्टि

समाचार

१५ कार्तिक, गोरखा । गोरखाका २ जना सञ्चारकर्मी लाई कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण पुष्टी भएकाहरुमा कान्तिपुर टेलिभिजनमा कार्यरत भिमलाल श्रेष्ठ र उनका धर्मपत्नी गोरखाखबर डटकमका सञ्चालक रेणु श्रेष्ठ हुन् ।

श्रेष्ठ दम्पतीले आफुलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टी भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

केही दिन अगाडी ज्वरो आएका दुवै जनाले गोरखा अस्पतालमा स्वाब संकलन गराएका थिए ।

स्वाबको परिक्षणमा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको छ ।