आठ दिनपछि चौरसियाको अन्त्येष्टि

Headlines समाचार

१५ कार्तिक, काठमाडौं । मृत्यु भएको आठ दिनपछि नेपाल काम्युनिस्ट पार्टी (नेकपा) पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ ।

चौरसियाको परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि नारायणी अस्पतालमा रहेको शवलाई पोस्टमार्टमपछि उनको निवास्थान लगि शतगत गरिएको हो ।

नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साहलगायत नेताले पार्थीव शरीरमा पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।

सो गाँउपालिका कमिटीमा यही ६ कात्तिकमा भएको सपथग्रहण कार्यक्रममा विवाद हुँदा घाइते चौरसियाको ७ कात्तिकमा उपचारका क्रममा मृत्यु भएको थियो ।