चौरसिया हत्या प्रकरण : १२ जना विरुद्ध जाहेरी दर्ता

Top Post समाचार

१३ कात्तिक, काठमाडौं । पर्साको विन्दवासिनी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सपथ ग्रहण कार्यक्रममा दुई पक्षबीचको झडपमा मुकेश चौरसियाको मृत्यु भएको घटनामा संलग्न १२ जना विरुद्ध जाहेरी दर्ता भएको छ ।

बिहीवार उक्त घटनामा संलग्न रहेका १२ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता भएको हो ।

यसअघि उनको परिवार जाहेरी दर्ता गर्न आएपनि प्रहरीले जाहेरी लिन मानेको थिएन् ।

चौरसियाको मृत्यु भएको एक हप्तापछि बिहीवार जाहेरी दर्ता गरिएको हो ।

चौरसियाको मृत्यु प्रकरणमा दोषीलाई कारबाहीको माग राख्दै पूर्वमन्त्री समेत रहेका सांसद मातृका यादवले धर्ना दिँदै आएका थिए ।