जसपाको संघिय परिषदको अध्यक्षमा डा. भट्टराई

Headlines समाचार

४ कात्तिक, काठमाडौं । डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी नेपाल को संघीय परिषदका अध्यक्ष बनेका छन् ।

मंगलबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईलाई संघीय परिषदको अध्यक्ष बनाउने निर्णय गरेको हो ।

सोमबार सुरु भएको उक्त बैठकले करिब ११ सय सदस्यीय संघीय परिषद र ८०१ सदस्यीय केन्द्रीय समिति पनि गठन गरेको एक नेताले जानकारी दिए ।