काठमाडौंको नयाँ बजार स्थित एक घरमा सिलिन्डर विस्फोट, ११ जना घाइते

Headlines समाचार

२९ असोज काठमाडौं । काठमाडौंको नयाँ बजारस्थित एक निजि घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँ बजारस्थित फलफूल चोकमा रहेको नीलकुमारी क्षत्रीको घरमा ग्यास पड्किएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

नीलकुमारीको ससुरा केही दिन अघि बितेको र सो घरमा हाल किरीयाकर्म भइरहेको थियो ।