नेकपा वरिष्ठ नेता झलनाथ खनाल ह्याम्स अस्पताल भर्ना

Headlines समाचार

२८ असोज, काठमाडौं। पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या आएपछि बुधबार उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको हो।

उनलाई प्रेसर र स्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो।