काठमाडौं उपत्यकामा थप २२८३ जनामा कोरोना

Top Post समाचार स्वास्थ्य

२६ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका दुई हजार २८३ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार २८३ जना सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयले काठमाडौंमा एक हजार हजार ८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट एक हजार ४७३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । ७७ हजार २७७ जना कोरोनामुक्त भएका छन् । सक्रिय सङ्क्रमित ३३ हजार ८८० पुगेको छ ।