सरकार र डा. केसीबिच सहमति, आइतबार अनशन तोड्ने

Headlines समाचार

२५ असोज, काठमाडौँ। डा. गोविन्द केसी र सरकारी टोलीबीच ८ बुँदे सहमति भएको छ । अनशन बसेका २७ औं दिनको दिन सहमति भएको हो ।

सहमति भएसँगै डा. केसीले आइतबार बिहान अनशन तोड्ने भएका छन् । बिहीबार र शुक्रबार भएको वार्ता असफल भएपछि सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।

सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता टोली गठन गरेको गरेको थियो भने डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्य वार्ता टोली बनेको थियो ।