देशभर थप ५००८ जनामा कोरोना संक्रमण पुष्टि

Top Post समाचार

२४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ५००८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।