‘गुण्डा नाइके’ राधे भण्डारी पक्राउ

Top Post समाचार

२३ असोज, काठमाडौं । विभिन्न आपराधिक गतिविधिमा संलग्न हुँदै आएका ‘गुण्डा नाइके’ राधाकृष्ण भण्डारी ‘राधे’ पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको हो ।

धादिङ सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएको उजुरीको आधारमा उनी पक्राउ परेको धादिङका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले बताए ।

सिद्धलेक गाउँपालिकामा अवैध रुपमा सञ्चालन गरेको राधेको क्रसर जनप्रतिनिधिले बन्द गराउन खोजेपछि उनीहरुबीच विवाद भएको थियो । राधे पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन् ।

उनीमाथि यसअघि धादिङकै आयुष तामाङमाथि खुकुरी प्रहार गरेको देखि २०७० मा धादिङबाट काठमाडौँ आउँदै गर्दा धादिङकै दिनेश अधिकारी ‘चरी’ लाई गोली हानेको अभियोग छ । चरीलाई प्रहरीले भीमढुंगामा इन्काउन्टर गरेको थियो ।