lockdown_kathmandu

काठमाडौँ उपत्यकामा पुन लकडाउनको सम्भाबना बढ्यो, छलफल सुरु

Top Post समाचार

२० असोज, काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको डर डरलाग्दो गरि बढेसंगै पुन: लकडाउन गर्ने बारे छलफल सुरु भएको छ।

फेरि लकडाउनका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छलफल थालेको हो । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नहुँदा उपत्यकामा दैनिक १ हजार ५ सय भन्दा धेरै संक्रमित थपिन थालेका छन् ।

उपत्यकामा दैनिक १ हजार ५ सय भन्दा धेरै संक्रमित थपिन थालेका छन् ।

निरन्तर संक्रमित बढेपछि कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मन्त्रालयले विभिन्न विकल्पमा छलफल गरेको र त्यसमध्ये एक विकल्प लकडाउन रहेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

मन्त्रालयले उपत्यकाका विभिन्न अस्पतालमा बेड खाली नभएको र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्दा अवस्था थप भयावहको अवस्थामा पुगेको निष्कर्ष निकालेको छ ।

मन्त्रालयले लकडाउन नै संक्रमणको गति रोक्ने मुख्यमाध्यम भएको निष्कर्ष निकाले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल भने सकभर लकडाउन नगर्ने पक्षमा छन् ।

मन्त्री ढकालसमेत सहभागी रहेको मन्त्रालयको कोडिभ १९ इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकमा अवस्था थप भयावहतर्फ गएकाले तत्काल लकडाउन गर्नुको विकल्प नभएकोमा कार्यक्रममा सहभागीले जोड दिएका थिए ।

बैठकमा मन्त्री ढकालले लकडाउनका विषयमा प्रधानमन्त्रीसँग छलफल गरेर निर्णयमा पुग्ने बताएका थिए ।

काठमाडौं उपत्यकामा लक्षण भएका संक्रमितको संख्या बढ्न थालेकाले अवस्था थप भयावह तर्फ गएकाले नियन्त्रणका लागि लकडाउन नै उपयुक्त विकल्प भएको जनस्वास्थ्यविद्हरुले बताएका छन् ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया