पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना पुष्टि

Headlines समाचार

१८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा ८३० महिला र १४२३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै ५३५ जनाको मृत्यु भएको छ । ६४ हजार ०६९ जना संक्रमणमुक्त भएका छन्, जसमध्ये पछिल्लो २४ घण्टामा मात्र १३२९ जना संक्रमणमुक्त भएका हुन् ।