ट्रम्प दम्पतीलाई कोरोना संक्रमण

अन्तरास्ट्रिय

१६ असोज, एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको छ । शुक्रबार ट्विट गर्दै उनले आफू र अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्प दुवैको रिपोर्ट कोरोना पोजिटिभ आएको जानकारी गराएका छन् ।

दुवै जना स्वास्थ्यलाभका लागि क्वारेन्टिनमा बसेमा बताएका छन्। ट्रम्पले प्रथम महिला मेलानिया र आफू दुवैमा कोभिड–१९ पोजिटिभ देखिएको जानकारी दिँदै आफूहरुले अब तुरुन्तै क्वारेन्टिन र निको हुने प्रक्रिया थालिहाल्ने जनाएका छन्।