काठमाडौं उपत्यकामा थप ९ सय २ जनामा कोरोना पुष्टि

Top Post समाचार

१४ असोज, काठमाडौं। उपत्यकामा थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका ६ सय ९७ जना, भक्तपुरको ९३ जना र ललितपुरका १ सय १२ जना छन्। उनीहरूको पछिल्लो २४ घण्टामा नेपालमा थप १५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।