प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

Headlines समाचार

११ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्। आज मध्यान्न* १२ बजेको लागि ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन्।

ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छ । सोमबार मन्त्रिपरिषदको नियमित बैठक हुने गरेपनि आइतबार आकस्मिक बैठक बस्न लागेको हो ।

आजको बैठकमा एसिड आक्रमण कसुरसम्बन्धी विधेयक मन्त्रिपरिषदले जारी गर्ने एजेण्डा रहेको एक मन्त्रीले बताएका छन् । मन्त्रिपरिषदबाट जारी भएपछि आजै राष्ट्रपतिबाट प्रमाणिकरण हुनेछ । यस्तै अन्य केही विधेयक बारेपनि बैठकमा छलफल हुने बुझिएको छ ।

सरकारले पहिलेको कानून संशोधन गरी एसिड आक्रमण कसुरको सजायमा बृद्धि गर्दै नयाँ अध्यादेश सिफारिस गरेको छ । एसिड आक्रमण गरेमा २० वर्ष सजाय र आक्रमणबाट मृत्यु भएमा जन्मकैदको सजायको सिफारिस गरिएको छ ।