१३१३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

Top Post समाचार

९ असोज, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३१३ कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १२ हजार २६२ जनाको पिसीआर परीक्षण गर्दा १३१३ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कुल सङ्क्रमितको संख्या ७० हजार ६१४ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।

त्यसैगरी पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १४५५ रहेको छ । हालसम्म ५१ हजार ८६६ जना निको भई घर फर्किएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार २८९ रहेको मन्त्रालयले जनाएको छ । क्वारन्टिनमा ६ हजार ४६४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा ६ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मुत्यु हुनेको सङ्ख्या ४५९ पुगेको छ ।