मन्त्रीपरिषद वैठक वस्दै, पुन लकडाउनको सम्भावना कति ?

Top Post समाचार

८ असोज, काठमाडौं । बिहीबार साँझ मन्त्रिपरिषद् बैठक बस्न लागेकाे छ। सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बैठक साँझ ५ बजेलाई बोलाइएको बताए।

उनका अनुसार बिहीबारको मन्त्रिपरिषद् नियमित भएकाले मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ । उनले भने,‘आजको नियमित बैठक हो । नियमित बैठकमा मन्त्रालयगत एजेण्डाहरुमा छलफल र निर्णय हुनेगर्छ । त्यसमा पनि आज स्वास्थ्य मन्त्रालयको प्रस्तावमा कोभिड-१९ सँग सम्बन्धित नयाँ केही निर्णयहरु हुन सक्छन्।’

मन्त्रिपरिषद‍्को नियमित बैठक साताको सोमबार र बिहीबार बस्ने गरेको छ । स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितकोे संख्या २५ हजार पुगेपछि लकडाउन गर्न गरेको सिफारिसका बारेमा केही निर्णय हुन सक्ने सम्भावना रहेकाे मन्त्री ज्ञवालीले बताए।