आज १४९७ जनामा कोरोना संक्रमण पुष्टि

Top Post समाचार

८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ४ सय ९७ जनामा कोराना भाइरस (कोभिड- १९) पोजिटिभ देखिएको छ ।

११ हजार ४ सय ४९ को स्वाब परीक्षण गर्दा आज देशभर एक हजार ४ सय ९७ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

योसँगै कुल संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज थप चार सय ५७ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसहित देशभर कोरोनामुक्त हुनेको संख्या ४० हजार ४ सय ११ पुगेको छ ।

त्यस्तै, सक्रिय संक्रमितको संख्या १८ हजार चार सय ३७ पुगेको छ । अहिले क्वारेन्टाइनमा ६ हजार पाँच सय ३७ जना रहेका छन् । आज देशभर १७ संक्रमितको मृत्यु भएको मनत्रालयले जनाएको छ ।