विशाल ग्रुपका उपाध्यक्ष तुलसीराम अग्रवाल लाई प्रवल जनसेवा श्री चतुर्थ वाट विभुषित गरिंदै

समाचार

५ असोज, काठमाडौं । विशाल ग्रुपका उपाध्यक्ष तुलसीराम अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित गरिने भएको छ ।

संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपतिले विशाल ग्रुपका उपाध्यक्ष एवम् प्रतिष्ठित उद्योगी व्यवसायी अग्रवाललाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित गर्ने घोषणा गरेकी हुन् ।

अग्रवाल एनआईसी एसिया वैंकको अध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्यलगायत औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउँदै आएका छन् । अग्रवालले भीजी फाउण्डेसनमार्फत सामाजिक कार्य पनि गर्दै आएका छन् ।