नेकपा अध्यक्ष द्वय विच वालुवाटारमा भेटवार्ता

Headlines समाचार

५ असोज, काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले छलफल तीव्र पारेको छ । यसअघि सोमबारको लागि तोकिएको सचिवालय बैठक स्थगित गरेको नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मंगलबारको बैठकबाट मन्त्रिपरिषद् पुनर्गठनको विषय, राजनीतिक तथा संवैधानिक नियुक्तिका लागि बनाउने मापदण्ड लगायतको टुंगो लगाउने सहमति भएको बताइएको छ।

त्यस्तै, पार्टी एकताका बाँकी कामहरूको टुंगो लगाउने योजना पनि सचिवालयले गर्नेछ। पार्टी एकीकरणको काम रोकिनुको असर आधिकारिक ट्रेड युनियनको निर्वाचनमा समेत परेको भन्दै यसलाई प्राथमिकता साथ छलफल भएको स्रोतले बताएको छ ।

अब नेकपा सचिवालय बैठक मंगलबार साढे १२ बजे बस्ने तय भएको छ। सो बैठकले परिवर्तन हुने र नयाँ मन्त्रीको नाम टुंगो लगाउने बताइएको छ ।