उपत्यकामा थप ६७४ जनामा कोरोना संक्रमण पुष्टि

Top Post समाचार

५ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा ६ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६ सय ७४ जनामा कोरोना पुष्टि भएको हो ।

आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । आज काठमाडौंमा ५ सय ३८ जना संक्रमित थपिएका छन् । ललितपुर ६२ र भक्तपुरमा ७४ जना कोरोना संक्रमित देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।