lockdown

उपत्यकामा थप ७ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

Top Post समाचार

३ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा ७ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उपत्यका संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७ सय ११ जनामा कोरोना पुष्टि भएको हो ।

आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । आज काठमाडौंमा ५ सय ७० जना संक्रमित थपिएका छन् । ललितपुर ५८ र भक्तपुरमा ८३ जना कोरोना संक्रमित देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।