लामो दुरीको यातायात असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय

Top Post समाचार

३० भाद्र, काठमाडौं । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ ।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

मंगलबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले  संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ ।