डा. खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त

Headlines समाचार

३० भाद्र, काठमाडौं । सरकारले डा. युवराज खतिवडा मन्त्रीस्तरीय सुविधा पाउने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद बैठकले भर्खरै अर्थमन्त्रीबाट राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार बनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खतिवडालाई मन्त्रीस्तरीय सुविधा पाउने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको जानकारी दिए ।