देशभर थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि

Headlines समाचार

३० भाद्र, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।