प्रदीप ज्ञवाली सरकारको प्रवक्तामा नियुक्त

Top Post राजनीति समाचार

२९ भाद्र, काठमाडौं । प्रदीपकुमार ज्ञवाली सरकारको प्रवक्ता नियुक्त भएका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो।
तत्कालीन अर्थ, सूचना, सञ्चार तथा प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्री पदबाट राजीनामा दिएपछि प्रवक्ता पद रिक्त थियो।

उनी अन्य व्यवस्था नभएसम्मका लागि प्रवक्ता बनेका हुन्।