काठमाडौं उपत्यकामा सोमबार थपिए ५१२ जना कोरोना संक्रमित

Top Post समाचार

२९ भाद्र, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय १२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ५ सय १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंका ४ सय ४० जना, भक्तपुरका ४३ जना र ललितपुरका २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।