उपत्यकामा कोरोना संक्रमण उच्च, ५९७ जना थपिए

Top Post समाचार

२८ भाद्र, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टाभित्रमा ५९७ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना भाइरसको संक्रमण उपत्यकामा दिनदिनै झन् झन् बढिरहेको छ ।

उपत्यकामा आइतबार पनि ५९७ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौं जिल्लामा मात्रै पछिल्लो २४ घन्टाभित्र ४८३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तैगरी उपत्यकाकै ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। योसहित आजसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या करिब १२ हजारको हाराहारलाई संक्रमण पुष्टि भइसकेको छ ।