Nepal army logo

करेन्ट लागेर चितवनमा गोरखाका २ सैनिकको मृत्यु

Headlines समाचार

२७ भाद्र, चितवन । सिंहनाथ गण शक्तिखोरका दुईजना सैनिकको करेन्ट लागेर मृत्यु भएको छ । कालिका नगरपालिका–८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत दुई जना सैनिकको आज मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार गण परिसरमा रहेको रूखको हाँगा काट्ने क्रममा करेन्ट लागेर सुवेदार राजुबाबु श्रेष्ठ र सिपाई साजन कुमालको मृत्यु भएको हो । मृतक सैनिकहरूको घर गोरखा हो।

श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा र कुमालको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए । घटना बिहान १०:५५ बजे भएको हो ।