पाटन अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु

Top Post समाचार

२६ भाद्र, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार संक्रमित ती पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो ।

उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

उनमा कोरोना संक्रमणबाहेक अन्य स्वास्थ्य समस्या वारे अस्पतालले खुलाएको छैन।