jilla prasasan_kathmandu

काठमाडौं उपत्यका आउजाउ गर्न थप कडाइ

Top Post समाचार

२५ भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो पारेको भोलि पल्ट काठमाडौ बाहिर आवत–जावतमा भने थप कडाई गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना जारी गर्दै काठमाडौँ आवत जावतमा यस अघिको भन्दा थप कडाईको नियम ल्याएको बताएको छ ।

अव देखि काठमाडाँै जिल्ला बाहिर जाने अत्यावश्यक काम दाह संस्कार, कर्मचारीको सरुवा भई जानु पर्ने लगायतका सवारी साधनलाई पनि अत्यावश्यक कामको प्रयोजन स्पष्ट खुल्ने कागजपत्र अनिवार्य पेस गर्नु पर्ने भएको छ । साथै सम्बन्धित गन्तव्य स्थानको स्थानीय तहको सिफारिस अनिवार्य रुपमा पेश गरी सम्बन्धित व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने छ ।

तोकिएका अत्यावश्यक कार्य बाहेक काठमाडौँ जिल्ला बाहिर आवत जावत गर्न सवारी सहजीकरण नगरिने प्रशासनले स्पष्ट पारेको छ । यस अघि काठमाडौँ आवत जावत गर्नेको लागि सवारी सहजीकरण गरिदै आएको भए पनि अव देखि यो सुविधा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले बताएको छ ।