lockdown_kathmandu

उपत्यकामा थप ५७२ जनामा कोरोना संक्रमण पुष्टि

Headlines समाचार

२५ भाद्र, काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन ५ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उपत्यका संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५ सय ७२ जनामा कोरोना पुष्टि भएको हो ।

आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा ४ सय ९५, ललितपुरमा ४६ र भक्तपुरमा ३४ जना कोरोना संक्रमित देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

आज देशभर ११ हजार १ सय ४४ जनाको परीक्षण गर्दा १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै आज देशभरबाट १ हजार ८ सय १८ जना डिस्चार्ज भएका छन् ।