नेकपाका २ अध्यक्ष बीच भेटवार्ता वालुवाटारमा जारी

Top Post समाचार

२४ भाद्र, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वालुवाटारमा भेटवार्ता हुँदै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । दुई नोतहरुबीच शुक्रबार बस्ने स्थायी कमिटी बैठक र त्यसमा पेश गर्ने सहमतिको प्रस्तावबारे छलफल हुने बुझिएको छ । दुवै नेता उक्त प्रस्ताव तयार पार्ने गृहकार्यमा जुटेका छन् ।

नेकपामा पछिल्लो समय देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र कार्यान्वयनका विषयमा कसरी अघि बढ्दा उपयुक्त हुन्छ भन्नेमा छलफलपछि प्रस्ताव तयार गरेर अघि बढ्ने तयारी छ । मुलतः कार्यदलको प्रतिवेदनमा वरिष्ठ नेता नेपाललले राखेको असन्तुष्टिलाई सम्बोधन गर्ने विषयमा ओली प्रचण्ड केन्द्रीत रहेको बुझिएको छ ।