काठमाडौंं उपत्यकाको अल्का अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु

Headlines समाचार

२४ भाद्र, काठमाडौं । काठमाडौंका थप एक कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार अल्का अस्पतालमा उपचाररत काठमाडौंका ६७ वर्षीय पुरुषको मंगलबार बेलुका मृत्यु भएको हो ।

ती पुरुष मंगलबार अल्का अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।