उपचारको क्रममा गोरखा अस्पतालमा शनिबार मृत्यु भएकी वृद्धाको कोरोना रिपोर्ट पोजिटिभ

Headlines समाचार स्वास्थ्य

२१ भाद्र, गोरखा । उपचारको क्रममा गोरखा अस्पतालमा शनिबार मृत्यु भएकी गोरखा नगरपालिका–७ की ७५ वर्षीय वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कन्ट्याक्ट ट्रेसिङवाट उनको स्वाव संकलन गरेर जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । शुक्रवार उहाँको परिवारका सदस्यमा कोरोना देखिएपछि शनिवार बिहान उहाँको पनि स्वाब संकलन गरिएको थियो।

सूचना अधिकारी कृष्ण ढकालमा अनुसार, आज मृतकको रिपोर्ट पोजेटिभ आएको छ।