स्वाब परिक्षणको रिपोर्ट नआउंदै मृत्यु भएपछि गोरखा अस्पतालको ईमर्जेन्सी सेवा बन्द

समाचार

२० भाद्र, गोरखा । कन्ट्रर्याक्ट ट्रेसिङ गरिएका ब्यक्तिको स्वाब परिक्षण को रिपोर्ट आउनु अघि नै मृत्यु भएपछि गोरखा अस्पतालले इर्मजेन्सी सेवा बन्द गरेको छ ।

गोरखा नगरपालिका ७ को धारापानी क्षेत्रकी ७५ बर्षिया महिलाको शनिबार दिउँसो जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

शुक्रबार मृतकका परिवारका एक नातेदारमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनको समेत कन्ट्याक्ट ट्रेसिङ गरी स्वावको नमुना लिइएको थियो ।

तर उनको हालसम्म पनि रिपोर्ट नआएकाले इर्मजेन्सी सेवा बन्द गरिएको जिल्ला अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले पालिका टाईम्स लाई बताए ।

शनिबार अचेत अवस्थामा अस्पताल पु¥याइएको ति महिलाको उपचारका क्रममा मृत्यु भएको र उनको पिसिआर परिक्षणको रिपोर्ट आएपछि मात्र ईमर्जेन्सी सेवा खोल्ने वताए।

ईमर्जेन्सी वार्डमा कार्यरत ५ जना कर्मचारीलाई आइसोलेट गरिएको छ र मृतक व्यक्तिको स्वाबको रिपोर्ट पनि छिट्टै आउने ढकालले वताए।