भोलि ललितपुर चक्रपथ भित्र कर्फ्यु आदेश जारी

Headlines समाचार

१८ भाद्र, ललितपुर । ललितपुर चक्रपथ भित्र स्थानीय प्रशासनले कर्फ्यू लगाउने निर्णय गरेको छ । भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाउने निर्णय भएको हो ।

ललितपुरका सहायक प्रजिअ ललितकुमार बस्नेत का अनुसार भोलि एक दिन बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यूको आदेश जारी भएको वताए।

सोही क्षेत्रमा रथ तान्ने विषयमा विवाद हुंदा स्थानीय र प्रहरी विच आज दिनभर झडप भएको थियोे ।