चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु

Headlines समाचार

१८ भाद्र, चितवन । चितवनमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

चितवन मेडिकल कलेजमा उपचाररत् पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका–२ का ३७ वर्षीय पुरूषको दिउँसो २ः२० बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए।

मृतक पुरूष मिर्गौलाको रोगबाट ग्रसित थिए।

भदौ ९ गते अस्पतालमा भर्ना भएका उनको भदौ १० गते कोरोना पुष्टि भएको हो।

उनको आइसोलेसन वार्डमा उपचार भइरहेको थियो।