काठमाडौंमा ३५७ सहित उपत्यकामा थपिए ४४४ संक्रमित

Top Post समाचार

१८ भाद्र, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो मात्रै ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । हिजोभन्दा आज उपत्यकामा कोरोना भाइरस संक्रमित बढेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४४४ जनामा कोरोना पुष्टि भएको हो ।

आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना कोरोना संक्रमित देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।