बागलुङमा बाढीले बस्ती बगायो, १७ जना बेपत्ता

Top Post समाचार

१८ भाद्र, बागलुङ। बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।

अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १७ जना बेपत्ता भएकाे इलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ।

भुजीखोला चौथो, पाँचौ, छैठौ र सातौ लघुजलविद्युत बगाएको छ। त्यसबाहेक सरस्वती आधारभूत र जनचेतना प्राविका भवन पनि बाढीले बगाएको छ। बागलुङको ढोरपाटनदेखि रुपन्देहीको सालझन्डी जोड्ने मोटरबाटोको खण्ड हो। मोटरबाटो पनि बाढीले बगाउँदा उद्धारका लागि सुरक्षाकर्मी पनि आउन नसकेको प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ।