पेट्रोलको मूल्य वढ्यो

Headlines समाचार

१६ भाद्र, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ।

निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएको हो।

यो मूल्य बढेपछि काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ हुने भएको छ।

निगमले इस्वी सम्वत् महिनाको १ र १६ गते मूल्य समायोजन गर्छ। इण्डियन आयल कर्पोरेशनबाट १ सेप्टेम्बर २०२० मा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलको मूल्य बढाइएको निगमले जानकारी दिएको छ।

डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपीग्यासको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ।