काठमाडौंका २ जना फोटो पत्रकारमा कोरोना संक्रमण पुष्टि

समाचार स्वास्थ्य

१५ भाद्र, काठमाडौं । काठमाडौंका २ जना फोटो पत्रकारमा कोरोना पुष्टि भएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूहका महासचिव प्रदीप राज वन्तका अनुसार पीसीआर गराएका मध्य २ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

३ दिनअघि राष्ट्रिय फोटोपत्रकार समूह नेपाल र फोटोपत्रकार क्लवको संयुक्त पहलमा काठमाडौंमा रहेका विभिन्न संञ्चार गृहमा कार्यरत करिव १२५ जना फोटोपत्रकारहरुको पिसिआर टेष्टको लागि स्वाब संकलन गरिएको थियो ।