गोरखामा मेडिकल संचालक सहित १२ जनामा कोरोना देखियो

Top Post समाचार स्वास्थ्य

१४ भाद्र, गोरखा । गोरखामा आइतवार मेडिकल संचालक सहित एकै दिन १२ जनामा कोरोना संक्रमण देखिएको छ।

गोरखा नगरपालिका वडा नम्वर १३ का दश जना र वडा नम्वर ८ र १० का एक/एक जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए ।

कन्ट्याक्ट् ट्रेसिङ गर्दा १० जनामा संक्रमण देखिएको नगरपालिकाले जनाएको छ।