गोरखाकी कोरोना संक्रमित महिलाले जुम्ल्याहा शिशुलाइ जन्म दिईन्

Headlines समाचार

१२ भाद्र, चितवन । चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् ।

भरतपुर अस्पतालको प्रसुति विभागका चिकित्सक डा. रामप्रसाद सापकोटाका अनुसार शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ ।

गोरखाको गोरखा नगरपालिका–१० छेवेटारकी ३७ बर्षकी गर्भवती महिलामा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी भदौ ८ गते अस्पताल भर्ना भएकी थिइन् । आमाको संक्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको छ ।

आमाको कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आमा र बच्चालाई अलग्गै राखिने चिकित्सकहरुले बताए । प्रसुति विभागका चिकित्सक डा. सापकोटाले कोरोना संक्रमण नसरोस् भनी पूर्वतयारी गरेर अप्रेसन गरिएको बताए ।