रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा

Top Post समाचार

१२ भाद्र, काठमाडौँ। कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकमा चिया पुर्याउने एक जनामा कोरोना संक्रमण भएपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन्।

सीसीएमसीको बैठकमा चिया लैजाने एक जनामा संक्रमण पुष्टि भएपछि मन्त्रीद्वय घरमै बसेको सचिवालय स्रोतले बतायो। उनीहरु कति दिन आइसोलेसंमा बस्छन भन्ने चाहिँ टुङ्गो भइनसकेको स्रोतले बतायो। दुवै मन्त्री को स्वाब परिक्षण गरिने पनि बताइएको छ।